site stats
बाह्रखरी :: Baahrakhari
देश
रसुवा बाढीमा सहायक निरीक्षकसहित तीन प्रहरी बेपत्ता

काठमाडौं । चीनबाट आएको बाढीमा परेर रसुवामा बेपत्ता हुने  १८ जनामम्धे तीन प्रहरी छन् ।  

इलाका प्रहरी कार्यालय टिमुरे रसुवाबाट उद्धारका लागि खटिएका तीनजना प्रहरी बेपत्ता भएका हुन् ।  बेपत्ता हुनेमा प्रहरी सहायक निरीक्षक लालबहादुर श्रेष्ठ, प्रहरी जवान मुन्ना ठाकुर र लोकेन्द्र बोहरा बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय रसुवाले जनाएको छ । 

प्रकाशित मिति: मंगलबार, असार २४, २०८२  ०८:५८
प्रतिक्रिया दिनुहोस्