site stats
बाह्रखरी :: Baahrakhari
खेल
मनाङको सानदार जित

काठमाडौं । मनाङ मर्स्याङ्दी क्लबले एन्फा यू–१६ यूथ लिगमा सातदोबाटो युथ क्लबविरुद्ध सानदार जित निकालेको छ । सोमबार मनाङले लिगको आफ्नो दोस्रो खेलमा सातदोबाटोविरुद्ध ६–० को सानदार जित निकालेको हो । 

सातदोबाटोस्थित एन्फा मुख्यालयमा मनाङलाई जित दिलाउन टोलीका रोहन थापा मगर, विवेक मगर, राम अर्जेल, अर्जुन साउद, सिओम श्रेष्ठ र सोनम तामाङले समान एक गोल गरे । 

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

खेलको ३०औँ मिनेटमा रोहनले मनाङलाई अग्रता दिलाए । ४३औँ मिनेटमा विवेकले अग्रतालाई दोब्बर बनाए । ६६औँ मिनेटमा अर्जुनले तेस्रो गोल गरे । ८४औँ मिनेटमा शिओमको गोलमा टोलीले ५–० को अग्रता कायम गर्‍यो । इन्जुरी समयमा सोनमले छैटौँ गोल गर्दै टोलीको जित सुनिश्चित गरे । 

खेलको इन्जुरी समयमा सातदोबाटोका सविन राईले रातो कार्ड दर्शन गरेपछि टोली १० खेलाडीमा सीमित भएको थियो । 

लिगमा मनाङको यो दोस्रो जित हो । मनाङले जितसँगै लिगमा ६ अंक बनाएको छ । मनाङले अब तेस्रो जितको लागि आगामी बिहीबार (असार २६ गते) मछिन्द्रसँग प्रतिस्पर्धा गर्नेछ । खेल दिनको १ बजे हुनेछ । 

दोस्रो हार बेहोरेको सातदोबाटोले तेस्रो खेलमा आगामी बुधबार (असार २५ गते) श्री भगवती क्लबसँग प्रतिस्पर्धा गर्नेछ । खेल दिउँसो ४ बजे हुनेछ । 

प्रकाशित मिति: सोमबार, असार २३, २०८२  २१:४६
प्रतिक्रिया दिनुहोस्