site stats
बाह्रखरी :: Baahrakhari
देश
भक्तपुर–नाला सडक फेरि पूर्ण रूपमा अवरुद्ध
तस्बिर : पुजन धितालको फेसबुकबाट ।

काठमाडौं । भक्तपुर–नाला सडकखण्ड फेरि पूर्ण रूपमा अवरुद्ध भएको छ । काभ्रेको बनेपा नगरपालिका–४ र १ को सीमास्थलमा सडक अवरुद्ध भएको प्रहरीले जनाएको छ ।

भक्तपुर–नाला सडकखण्डको उक्त स्थानस्थित पुण्यमाता खोलामा राखिएको ह्युमपाइपमाथिको माटो गए राति (असार २२) करिब ९ बजे बाढीले बगाएको हो । त्योसँगै बाटो पूर्ण रूपमा अवरुद्ध र खुलाउने पहल भइरहेको प्रहरीले जनाएको छ ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

यही असार २० गते राति त्यहाँको पुल भाँचिएको थियो । त्यसपछि अवरुद्ध भएको बाटो ६ ठूला ह्युमपाइप राखेर अस्थायी रूपमा खुलाइएको थियो । त्यो ह्युमपाइपमा पनि बाढीले असर गरेको प्रहरीले जनाएको छ ।

उक्त बाटो भक्तपुरको च्यामासिङ र काभ्रेको नाला सडकखण्डअन्तर्गत पर्छ । त्यसलाई काठमाडौं आवतजावत गर्न वैकल्पिक मार्गका रूपमा प्रयोग गरिँदै आएको छ ।

प्रकाशित मिति: सोमबार, असार २३, २०८२  ०९:३६
प्रतिक्रिया दिनुहोस्