site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
प्रधानमन्त्रीले गरे अधिकारीको सालिक अनावरण
NIC Asia Banner ad
Argakhachi Cement Island Ad

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालका प्रथम जननिर्वाचित कम्युनिस्ट प्रधानमन्त्री मनमोहन अधिकारीको सालिक अनावरण गरेका छन् ।

काठमाडौंको नागार्जुन नगरपालिका–७ मा आयोजित एक कार्यक्रममा उनले मनमोहन पार्क उद्घाटन गर्दै अधिकारीको सालिकमा माल्यार्पण गरे । नेपाली राजनीतिमा निष्ठाको राजनीति गर्ने नेताका रूपमा आफ्नो परिचय बनाएका पूर्वप्रधानमन्त्री अधिकारीले सरल र सादगी जीवन अँगालेका थिए ।

नेपाल कम्युनिस्ट पार्टी (एमाले)का संस्थापक नेतामध्येका एक अधिकारी नेतृत्वको सरकारले २०५१ सालमा नौ महिना शासन गरेको थियो । नेपाली राजनीतिमा उनले पुर्‍याएको योगदानको सम्मान गर्दै पार्क निर्माण गरिएको हो । रासस

प्रकाशित मिति: शनिबार, असार १४, २०८२  १६:२०
प्रतिक्रिया दिनुहोस्