राजनीति
उपसभामुखविरुद्धको हस्ताक्षरमा शेखर कोइरालाको आपत्ति

काठमाडौं । उपसभामुख इन्दिरा रानामगरलाई हटाउने योजनाका साथ कांग्रेस र एमालेका सांसदहरुले गरेको हस्ताक्षरप्रति कांग्रेसका नेता डा. शेखर कोइरालाले आपत्ति जनाएका छन् ।
उनी निकट एक सांसदले बाह्रखरीसँगको कुराकानीमा कोइरालाले अहिले के हतार ? भन्दै आपत्ति जनाएको बताए ।
तर उनले आफू निकटका सांसदहरुलाई भने हस्ताक्षर नगर्न भनेका छैनन् ।
“हामीलाई हस्ताक्षर नगर्नू भन्नुभएको छैन,” उनले भने, “अहिले यतिबेला उपसभामुख हटाउनु के हतारो भयो भनी आपत्ति प्रकट गर्नुभएको छ ।”
कांग्रेस संसदीय दल स्रोतका अनुसार कोइराला हस्ताक्षर गर्न पुगेका छैनन् ।
प्रकाशित मिति: मंगलबार, भदौ ३, २०८२ १६:५०
प्रतिक्रिया दिनुहोस्