site stats
बाह्रखरी :: Baahrakhari
विदेश
एकै रातमा १०२ वटा युक्रेनी ड्रोन नष्ट गरेको रुसको दाबी
NIC Asia Banner ad
Argakhachi Cement Island Ad

मस्को । रुसको रक्षा मन्त्रालयले १०२ वटा युक्रेनी ड्रोनहरू रोकी नष्ट गरेको दाबी गरेको छ । रुसले मंगलबार टेलिग्राममार्फत देशको वायु रक्षा प्रणालीले रातारात ती ड्रोन नष्ट गरेको जनाएको हो । 
 
मन्त्रालयका अनुसार पश्चिमी र मध्य रुसका धेरै क्षेत्रहरूमा सोमबार ड्रोनहरू नष्ट गरिएको थियो ।  

ब्रियान्स्क ओब्लास्टमा ४६ वटा, बेलगोरोड ओब्लास्टमा २०  वटा, भोरोनेज ओब्लास्ट र क्रिमियामा नौ–नौ वटा, कालुगा ओब्लास्ट र तातारस्तानमा चार–चारवटा, मस्को ओब्लास्टमा तीनवटा, लेनिनग्राद, ओरिओल र कुस्रक ओब्लास्टमा दुई–दुईवटा र स्मोलेन्स्क ओब्लास्टमा  एउटा ड्रोन खसालिएको मन्त्रालयले जनाएको छ ।रासस/सिन्ह्वा

प्रकाशित मिति: मंगलबार, जेठ २७, २०८२  २०:२२
प्रतिक्रिया दिनुहोस्