देश

काठमाडौं । गुल्मी–कालीगण्डकी करिडोर अवरुद्ध भएको छ । पहिरोले उक्त सडकखण्ड अवरुद्ध भएको हो ।
आज बिहान गुल्मी कालीगण्डकी गाउँपालिका–२ राक्सेस्थित कालीगण्डकी करिडोरमा माथिबाट आएको पहिरोले सडक अवरुद्ध गरेको प्रहरीले जनाएको छ । सडक पूर्णरूपमा अवरुद्ध भएको र खुलाउने पहल भइरहेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।
प्रकाशित मिति: सोमबार, असार १६, २०८२ ०८:१५
प्रतिक्रिया दिनुहोस्