अर्थ व्यवसाय

काठमाडौं । धितोपत्र दोस्रो बजार मापक नेप्से परिसूचक सामान्य घटेर २६४०.९६ विन्दुमा बन्द भएको छ । यस दिन नेप्से परिसूचक ५.९९ अंकले घटेको हो ।
बुधबार परिसूचक ११ अंकले घटेको थियो । तर, कारोबार रकम भने बढेको छ । आज सात अर्ब ९७ करोड रुपैयाँको सेयर खरिद–बिक्री भएको छ । बुधबार पाँच अर्ब १६ करोड रुपैयाँको सेयर कारोकार भएको थियो ।
आज कारोबारमा आएका १३ मध्ये हाइड्रोपावर र लगानी समूहको परिसूचक बढेको छ । अन्य समूहको परिसूचक घटेको छ ।
९४ कम्पनीको सेयर मूल्य बढेको छ । १५३ कम्पनीको सेयर मूल्य घटेको छ । शिवम् सिमेन्टको सेयर मूल्य स्थिर छ ।
प्रकाशित मिति: बिहीबार, जेठ २२, २०८२ १५:३९
प्रतिक्रिया दिनुहोस्