-1748946785.jpg)
काठमाडौं । इनड्राइभले प्रयोगकर्ता र चालकलाई नै पारदर्शी संवादमार्फत उनीहरू आफैँलाई भाडादर तय गर्ने अधिकार दिएको बताएको छ । इनड्राइभका बढी भाडा लिने चालक कारबाहीमा परेपछि इनड्राइभले एक विज्ञप्तिमार्फत स्पष्टोक्ति दिएको हो ।
“यात्रुहरूले आफूले जान चाहेको गन्तव्य राखेर प्रस्तावित भाडादर उल्लेख गर्छन् । सो प्रस्ताव नजिक रहेका चालकहरूलाई पठाइन्छ, त्यसपछि ती चालकले सो प्रस्ताव स्वीकार गर्न, नयाँ दर सुझाव गर्न वा राइड अस्वीकार गर्न पनि सक्छन्,” विज्ञप्तिमा भनिएको छ, “इनड्राइभको ‘फेयर प्राइस’ मोडलले नेपालको राइडहेलिङ क्षेत्रमा भाडाको असमानतालाई चुनौती दिन्छ, जसले यात्रुलाई पारदर्शिता र निष्पक्षताको सिद्धान्तमा आधारित सेवा उपलब्ध गराउँछ ।”
हालको यातायात बन्दको अवस्थामा पनि यो प्लेटफर्ममा दशौँ हजार चालक रहेको कम्पनीले जनाएको छ । चालकहरूबाट अत्यन्त न्यूनतम कमिसन लिने नीति कम्पनीको रहेको बताइएको छ । चारपांग्रे सवारीसाधन (कार)का चालकरूलाई पिकआवर (अत्यधिक व्यस्त समय)मा शून्य प्रतिशत कमिसन सुविधा उपलब्ध गराएको बताइएको छ ।