site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
संसद् सहज ढंगले सञ्चालन हुने एमालेको विश्वास

काठमाडौंं । सत्तारुढ दल नेकपा (एमाले)ले संसद्का आगामी बैठक सहज ढंगले सञ्चालन हुने विश्वास लिएको छ । शुक्रबार सभामुख देवराज घिमिरेसँग छलफलपछि एमाले प्रमुख सचेतक महेश बर्तौलाले यस्तो बताएका हुन् । 

संसद् सुरु हुन अझै चार दिन बाँकी रहेको र यसबीचमा विपक्षी दलसँग छलफल गरेर बैठक सहज ढंग लैजाने वातावरण बनाउने विश्वास रहेको उनले बताए । कर्मचारीको विषयलाई लिएर संसदीय गतिविधि अवरोध गर्दा गलत सन्देश जाने उनको भनाइ छ ।

Argakhachi Cement Island Ad

“एउटा कर्मचारीको विषयलाई लिएर यसरी आन्दोलन गर्ने कुरा यो प्रणालीमाथि, यो संसदीय व्यवस्थामाथि, संसदीय गतिविधिहरूलाई यसरी अवरोध गर्ने कुराले गलत दिशातर्फ जान सक्छ,” उनले भने, “गलत राजनीतिक नजिरहरू बस्न सक्छ, भन्ने कुरामा यो चार दिनको बीचको समयमा उहाँहरूले समीक्षा गर्नुहुनेछ ।”  

प्रतिपक्षी दलहरूले भने भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामा, सरकारको जवाफ र छानबिन समिति बन्नुपर्ने माग गर्दै आएक छन् । न्युज एजेन्सी नेपाल
 

प्रकाशित मिति: शुक्रबार, जेठ १६, २०८२  १७:१२
प्रतिक्रिया दिनुहोस्