अर्थ व्यवसाय

काठमाडौं । सरकारले नेपाल घुम्न आउने विदेशी पर्यटकलाई सहुलियत दिएको छ । आर्थिक वर्ष ०८२/८३ बजेटको बुँदा नम्बर ४०५ मा हवाई वा स्थलमार्गबाट नेपाल प्रवेश गर्ने यात्रुले नेपालमा विनिमय हुने पाँच हजार अमेरिकी डलरबराबरको विदेशी मुद्रा ल्याउन पाउने व्यवस्था गरिएको छ ।
त्यस्तै, यही बराबरको ट्राभलर्स चेक साथमा ल्याउन पाउने व्यवस्था गरिएको छ । सोभन्दा बढी भन्सार विन्दुमा घोषणा गरी ल्याउन सक्ने व्यवस्थालाई सहजीकरण गरिएको छ ।
प्रकाशित मिति: शुक्रबार, जेठ १६, २०८२ १५:२८
प्रतिक्रिया दिनुहोस्