site stats
बाह्रखरी :: Baahrakhari
खेल
एसीसी यू–१६ : नेपाल लगातार विजयी

काठमाडौं । नेपालले एसीसी यू–१६ इस्ट जोन कप क्रिकेट प्रतियोगितामा लगातार दोस्रो जित हासिल गरेको छ । मलेसियाको कोजल टुन्कु जाफर ओभलमा मंगलबार नेपालले जापानलाई नौ विकेटले हराएको हो ।

नेपालले यसअघि पहिलो खेलमा सिंगापुरलाई ६ विकेटले पराजित गरेको थियो । दुई खेल जितेको नेपालले चार अंक जोडेको छ । नेपाल समूह ‘ए’को शीर्ष स्थानमा छ । जापानले पहिलो खेलमा भुटानलाई हराएको थियो ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

टस जितेर पहिला ब्याटिङ गरेको जापानले ३४.३ ओभरमा सबै विकेट गुमाउँदै ८० रन बनाएको थियो । ८१ रनको लक्ष्य नेपालले १४.२ ओभरमा एक विकेट गुमाएर पूरा गर्‍यो । नेपालका निम्ति शिवान्स बजगाईंले अविजित ३८ र प्रसिद्व जैसीले अविजित ३३ रन बनाए ।

बलिङतर्फ जापानका केइसी काबायाशीडोगेटले एक विकेट लिए ।

यसअघि, जापानका कप्तान चार्ली हाराहिन्जेले ३६ र गबी हाराहिन्जेले १३ रन बनाएका थिए ।

बलिङतर्फ नेपालका शुभम् खनालले सर्वाधिक पाँच विकेट लिए । अभय यादवले दुई तथा सुशीलबहादुर रावल र कप्तान विपीनप्रसाद शर्माले एक/एक विकेट लिए ।

प्रतियोगितामा नेपालसहित १० टोलीको सहभागिता छ । समूह ‘ए’मा नेपालसहित सिंगापुर, इन्डोनेसिया, भुटान र जापान छन् । समूह ‘बी’मा आयोजक मलेसियासहित हङकङ, माल्दिभ्स, थाइल्यान्ड र म्यानमार छन् । नेपाल हालसम्म सम्पन्न तीन संस्करणको च्याम्पियन हो ।

नेपालले तेस्रो खेल यही असार १५ गते इन्डोनेसियासँग खेल्नेछ । नेपालले चौथो खेल असार १७ गते भुटानसँग खेल्नेछ । रासस

प्रकाशित मिति: मंगलबार, असार १०, २०८२  १२:५८
प्रतिक्रिया दिनुहोस्