site stats
बाह्रखरी :: Baahrakhari
खेल
एफसी यू–२३ एसियन कपको समूह ‘के’ मा नेपाल

काठमाडौं । साउदी अरेबियामा हुने एएफसी यू–२३ एसियन कपको छनोट प्रतियोगितामा नेपाल समूह ‘के’ मा परेको छ । 

बिहीबार एसियन फुटबल महासंघ (एएफसी)ले सार्वजनिक गरेको ४४ राष्ट्र सम्मिलित छनोट प्रतियोगिताको समूह तालिकामा नेपाल समूह ‘के’ मा परेको हो । 

Argakhachi Cement Island Ad

नेपालसहित समूह ‘के’ मा ताजाकिस्तान, सिरिया र फिलिपिन्स छन् । ताजाकिस्तान भने समूहको घरेलु टोली बनेको छ । 

यस छनोटबाट प्रत्येक समूह विजेता र टोलीहरूमध्ये चार शीर्ष टोलीले साउदी अरेबियामा हुने एएफसी यू–२३ एसियन कप २०२६ खेल्नेछ । छनोट चरण आगामी सेप्टेम्बर १ देखि ९ सम्म सञ्चालन हुनेछ ।

समूह ‘ए’ मा जोर्डन, तुर्किमेनिस्तान, चाइनिज टाइपाई र भुटान परेका छन् । समूह ‘बी’ मा जापान, कुवेत, म्यानमार र अफगानिस्तान छन् । समूह ‘सी’ मा भियतनाम, यमन, सिंगापुर र बंगलादेश छन् । समूह ‘डी’ मा अस्ट्रेलिया, चाइना पीआर, टिमोर–लिस्टे, उत्तर मारियाना आइल्यान्ड परेका छन् ।

त्यसैगरी समूह ‘इ’ मा उज्बेकिस्तान, प्यालेस्टाइन, कीर्गीस्तान र श्रीलंका छन् । समूह ‘एफ’ मा थाइल्यान्डसहित मलेसिया, लेबनान र मंगोलिया छ । समूह ‘जी’ मा इराक, कम्बोडिया, ओमान र पाकिस्तान छन् । समूह ‘एच’ मा कतार, बहाराइन, भारत र ब्रुनाई छन् । समूह ‘आइ’ मा युनाइटेड इमिरेट्स अरब (यूएई), इरान, हङकङ र गुआम छन् । र समूह ‘जे’ मा इन्डोनेसिया, स्वतन्त्र कोरिया, लाओस र मकाउ छन् ।

प्रकाशित मिति: शुक्रबार, जेठ १६, २०८२  १४:३१
प्रतिक्रिया दिनुहोस्