site stats
बाह्रखरी :: Baahrakhari
विदेश
म्याराडोनाको 'रहस्यमय मृत्यु'सम्बन्धी मुद्दा स्थगित, अब सुरुबाटै सुनुवाइ हुने

काठमाडौं । अर्जेन्टिनाको अदालतले विश्व फुटबलका महान् खेलाडी डिएगो म्याराडोनाको मृत्युलाई लिएर सातजना स्वास्थ्यकर्मीविरुद्ध चलाइएको मुद्दाको सुनुवाइ रद्द गरेको छ ।

तीन न्यायाधीशमध्येकी एक जुलिएटा माकिन्टाचले मुद्दाबाट अलग हुने निर्णय लिएपछि सुनुवाइ रद्द गरिएको हो । अब फेरि नयाँ सुनुवाइ हुने सीबीसी न्युजले जनाएको छ ।

मुद्दाबाट अलग भएकी न्यायाधीश माकिन्टाचमाथि 'डिभाइन जस्टिस' नामक डकुमेन्ट्रीमा सहभागी भएको भन्दै आलोचना भएको थियो । यस डकुमेन्ट्रीले म्याराडोनाको मृत्युपछिको घटनाक्रमदेखि मुद्दाको सुरुसम्मकै कथा समेटेको छ ।

Argakhachi Cement Island Ad

मंगलबार सरकारी वकिलले न्यायाधीश माकिन्टाचलाई हटाउन माग गरेका थिए । त्यसक्रममा उनीहरूले डकुमेन्ट्रीको ट्रेलर देखाएका थिए । जहाँ माराडोनाका प्रसिद्ध गोल र न्यायाधीश माकिन्टाचले अदालतमा 'हाई हिल' र 'छोटो स्कर्ट'मा हिँडिरहेको दृश्य छन् ।

सरकारी वकिलले न्यायाधीश माकिन्टाचले न्यायिक नैतिकताको उल्लंघन गरेको तर्क गरेका थिए । उनीहरूले उनीमाथि छानबिन गर्न आग्रह गरेका छन् ।

न्यायाधीश माकिन्टाचले विवाद देशव्यापी बनेपछि आफू अलग भएको प्रतिक्रिया दिएकी छन् ।

बिहीबारको सुनुवाइपछि न्यायाधीशहरूले मुद्दाको सुनुवाइ फेरि थाल्ने निर्णय गरेका छन् । अब गत मार्च ११ देखिका सबै कारबाही फेरि सुरु हुने भएका छन् । तर, सुनुवाइको नयाँ मिति तय गरिएको थिए ।

यसअघि, यस मुद्दामा २१ वटा सुनुवाइ भएका थिए भने दर्जनौँ प्रत्यक्षदर्शीले बयान दिएका थिए ।

न्यायाधीश माक्सिमिलियानो सभारिनोले भने माकिन्टाचले निष्पक्षरूपमा काम नगरेको प्रतिक्रिया दिएका छन् । उनको व्यवहारले वादी र प्रतिवादी दुवैलाई क्षति भएको उनको भनाइ छ ।

“यसको जिम्मेवारी राजीनामा दिने न्यायाधीशमात्र हुन्,” उनले भने ।

अदालतमा उपस्थित माराडोनाकी छोरीहरू जियानिना र दाल्मा फैसला सुनेपछि रुन थालेका थिए ।

म्याराडोनाको चिकित्सा टोलीमाथि म्याराडोनाको उपचारमा लापबारही गरेको आरोप लागेको छ । म्याराडोनलाई असहाय अवस्थामा छाडिएकाले उनको मृत्यु पीडादायी बनेको आरोप छ ।

सीबीएसन्युजबाट ।

प्रकाशित मिति: शुक्रबार, जेठ १६, २०८२  १३:३५
प्रतिक्रिया दिनुहोस्