देश

काठमाडौं । सशस्त्र प्रहरी बलमा रिक्त एआईजी पदमा सशस्त्रकै डीआईजी गणेशबहादुर ठाडामगरको नाम सिफारिस गरिएको छ । बिहीबार (जेठ १५) बढुवा समितिले उनको नाम सिफारिस गरेको गृह मन्त्रालयले जनाएको छ ।
“...बढुवा सिफारिसउपर चित्त नबुझ्ने सशस्त्र प्रहरी नायब महानिरीक्षकहरूले ऐ. नियमावलीको नियम ५५ मा व्यवस्था भएबमोजिम ७ (सात) दिनभित्र बढुवाउपरको उजुरी सुन्ने समितिसमक्ष उजुरी दिन सक्नेछन्,” सशस्त्र प्रहरी महानिरीक्षक एवं बढुवा समितिका सदस्यसचिव राजु अर्यालले बिहीबार जारी गरेको सूचनामा उल्लेख छ ।
प्रकाशित मिति: बिहीबार, जेठ १५, २०८२ २१:०७
प्रतिक्रिया दिनुहोस्