अर्थ व्यवसाय

काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको लागि सात अर्ब ७२ करोड रुपैयाँ विनियोजन गरिएको छ । आर्थिक वर्ष २०८२/०८३ को बजेट भाषणका क्रममा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले यस्तो बताएका हुन् ।
उनका अनुसार साइबर सुरक्षा जोखिम न्यूनीकरण गर्न आवश्यक पूर्वाधार र जनशक्ति तयार गरिनेछ । साइबर सुरक्षा जोखिम आकलन गरी त्रैमासिक रूपमा सुरक्षा एड्भाइजरी जारी गर्ने बताए ।
सुरक्षण मुद्रण केन्द्रको पूर्वाधार निर्माण सम्पन्न गरी मुद्रण कार्य प्रारम्भ गर्ने बताए । हुलाक कार्यालयहरूलाई क्रमशः स्मार्ट हुलाकमा विकास गर्ने उल्लेख गरे ।
प्रकाशित मिति: बिहीबार, जेठ १५, २०८२ १७:५२
प्रतिक्रिया दिनुहोस्