site stats
बाह्रखरी :: Baahrakhari
देश
नक्कली डीएसपी बनेर जबरजस्ती करणीको मुद्दा मिलाउन आठ लाख रुपैयाँ लिने पक्राउ
प्रतीकात्मक तस्बिर ।

काठमाडौं । जबरजस्ती करणीको मुद्दा मिलाइदिन्छु भन्दै आठ लाख ४० हजार रुपैयाँ लिएर ठगी गर्ने एकजना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा सूर्यविनायक नगरपालिका–२, बालकोट घर भएका ४१ वर्षीय अनिल थापा छन् । 

Argakhachi Cement Island Ad

आफू प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)को डीएसपी हुँ भन्दै ठगी गरेको आरोपमा भक्तपुरको मध्यपुर थिमी नगरपालिका–५, कमेरोटारबाट थापालाई पक्राउ गरेको हो ।

उनीउपर ठगी गर्न नहुनेसम्बन्धी कसुर मुद्दामा जिल्ला अदालत ललितपुरबाट सात दिनको म्याद थप अनुमति लिई आवश्यक अनुसन्धान भइरहेको जनाइएको छ । 

प्रकाशित मिति: बिहीबार, जेठ १५, २०८२  १७:४३
प्रतिक्रिया दिनुहोस्