site stats
बाह्रखरी :: Baahrakhari
खेल
गौतमबुद्ध क्रिकेट रंगशालाको सम्पत्ति खरिद गर्न सशर्त अनुदान

काठमाडौं । सरकारले चितवनस्थित गौतमबुद्ध क्रिकेट रंगशालाको सम्पत्ति गर्न सशर्त अनुदान दिने भएको छ । 

बिहीबार आगामी आर्थिक वर्ष २०८२/०८३ को बजेट प्रस्तुत गर्दै उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले त्रिभुवन विश्वविद्यालय ईआईए अध्ययन संस्थानबाट गरिने मूल्यांकनका आधारमा रंगशालाको सम्पत्ति खरिद गर्न सशर्त अनुदान दिइने बताएका हुन् ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

“त्रिभुवन विश्वविद्यालय ईआईए अध्ययन संस्थानबाट गरिने मूल्यांकनका आधारमा चितवनस्थित गौतमबुद्ध क्रिकेट रंगशालाको सिर्जिन सम्पत्ति खरिद गर्न सशर्त अनुदानको व्यवस्थान गरेको छु,” अर्थमन्त्री पौडेलले भने ।

सरकारले आर्थिक वर्ष २०८२/०८३ मा युवा तथा खेलकुदतर्फ ६ अर्ब आठ करोड रुपैयाँ विनियोजन गरेको छ ।

यसअघि २०७५ मा हास्यकलाकार सिताराम कट्टेल ‘धुर्मुस’ र कुञ्जना घिमिरे ‘सुन्तली’ले धुर्मुस–सुन्तली फाउन्डेसनमार्फत गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला बनाउने अभियान सुरु गरेका थिए । तर, आर्थिक अभाव हुँदा बीचमा तीन वर्ष निमार्ण कार्य अलपत्र परेको थियो । यसपछि सरकारले २०७९ चैतमा मन्त्रिपरिषद्को बैठकबाट रंगशाला निर्माणको जिम्मा सरकारले लिने निर्णय भएको थियो ।

प्रकाशित मिति: बिहीबार, जेठ १५, २०८२  १७:१०
प्रतिक्रिया दिनुहोस्