खेल
मोफसलका चार क्रिकेट रंगशाला बनाउन ४२ करोड विनियोजन

काठमाडौं । सरकारले मोफसलका चार क्रिकेट रंगशाला निर्माण गर्न कुल ४२ करोड रुपैयाँ विनियोजन गरेको छ ।
बिहीबार संघीय सदनमा आगामी आर्थिक वर्ष २०८२/८३ को बजेट प्रस्तुत गर्दै उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले मूलपानी, गिरिजाप्रसाद कोइराला, फाप्ला र सिद्धार्थ क्रिकेट रंगशाला बनाउन ४२ करोड छुट्याइएको बताएका हुन् ।
“काठमाडौंको मूलपानी क्रिकेट रंगशाला, मोरङको गिरिजाप्रसाद कोइराला रंगशाला, कैलालीको फाप्ला क्रिकेट रंगशाला र रुपन्देहीको सिद्धार्थ क्रिकेट रंगशाला बनाउन ४२ करोड विनियोजन गरेको छु,” अर्थमन्त्री पौडेलले भने ।
सरकारले आर्थिक वर्ष २०८२–८३ मा युवा तथा खेलकुदतर्फ ६ अर्ब आठ करोड रुपैयाँ विनियोजन गरेको छ ।
प्रकाशित मिति: बिहीबार, जेठ १५, २०८२ १६:४६
प्रतिक्रिया दिनुहोस्