site stats
बाह्रखरी :: Baahrakhari
खेल
तीन हिमाली जिल्लामा हाई अल्टिच्युड रंगशाला बन्ने

काठमाडौं । नेपालका तीन हिमाली जिल्लामा हाई अल्टिच्युड रंगशाला निर्माण हुने भएको छ । 

बिहीबार संघीय सदनमा आगामी आर्थिक वर्ष २०८२/२०८३ को बजेट पेस गर्दै उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले हुम्ला, सोलुखुम्बु र मुस्ताङमा हाई अल्टिच्युड रंगशाला निर्माण गरिने जनाएका हुन् । 

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

नेपालमा खेल विधाको विविधीकरण गर्ने र खेल पर्यटनको प्रर्वधनका निम्ति खेल रंगशालमा निर्माण गर्न लागिएको उनले जनाए ।

“खेल विधाको विविधीकरण र खेल पर्यटनको प्रवर्धनको लागि सोलुखुम्बु, जुम्ला र मुस्ताङमा हाई अल्टिच्युड खेल रंगशाला निर्माण गरिनेछ,” बजेट वाचन गर्दै अर्थमन्त्री पौडेलले भने ।

सरकारले आर्थिक वर्ष २०८२/८३ मा युवा तथा खेलकुदतर्फ ६ अर्ब आठ करोड रुपैयाँ विनियोजन गरेको छ ।
 

प्रकाशित मिति: बिहीबार, जेठ १५, २०८२  १६:४३
प्रतिक्रिया दिनुहोस्