अर्थ व्यवसाय
१६ वर्षमाथिका युवालाई राष्ट्रिय स्वयंसेवक परिचयपत्र

काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष २०८२/८३ मा १६ वर्षमाथिका युवालाई राष्ट्रिय स्वयंसेवक परिचयपत्र प्रदान गर्ने भएको छ ।
आर्थिक वर्ष २०८२/८३ को बजेट प्रस्तुत गर्दै उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले निश्चित मापदण्ड तोकेर १६ वर्षमाथिका युवालाई राष्ट्रिय स्वयंसेवक परिचयपत्र प्रदान गर्ने बताएका हुन् ।
“राष्ट्रिय युवा परिषद्को समन्वयनमा १६ वर्षमाथिका युवालाई निश्चित मापदण्डका आधारमा राष्ट्रिय स्वयंसेवक परिचयपत्र प्रदान गरिनेछ । उनीहरुलाई तालिम र प्रशिक्षणबाट योग्य बनाई शिक्षा र स्वास्थ, सामाजिक जागरण, वातावरण संरक्षण, विपद्मा उद्दार, राहत र पुनःस्थापनका लागि परिचालन गरिनेछ,” अर्थमन्त्री पौडेलले भने ।
प्रकाशित मिति: बिहीबार, जेठ १५, २०८२ १६:२३
प्रतिक्रिया दिनुहोस्