देश
स्वास्थ्य बिमा कार्यक्रमका लागि १० अर्ब विनियोजन

काठमाडौं । सरकारले स्वास्थ्य बिमा कार्यक्रमका लागि १० अर्ब विनियोजन गरेको छ । उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बिहीबार आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै भुक्तानी बाँकी रहेको रकम यसै आर्थिक वर्षमा फरफार गरिने पनि बताए ।
“हालसम्म बाँकी रहेको भुक्तानी दाबी रकम तेस्रो पक्षबाट परीक्षण गराइ यसै आर्थिक वर्षमा फरफार गर्ने व्यवस्था मिलाएको छु,” उनले भने ।
प्रकाशित मिति: बिहीबार, जेठ १५, २०८२ १६:१७
प्रतिक्रिया दिनुहोस्