site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
सार्वजनिक संस्थानको सम्पत्ति २९ खर्ब १० अर्ब, १५ वटा घाटामा

काठमाडौं । सार्वजनिक संस्थानको कुल सम्पत्ति २९ खर्ब १० अर्ब १७ करोड पुगेको छ । 

बिहीबार उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आर्थिक सर्वेक्षण प्रस्तुत गर्दै प्रतिनिधिसभामा आर्थिक वर्ष २०८०/८१ सम्ममा संस्थानहरूको कुल सम्पत्ति २.२० प्रतिशतले वृद्धि भएको बताएका हुन् ।
 
सार्वजनिक संस्थानमा नेपाल सरकारको कुल लगानी ५.८६ प्रतिशतले वृद्धि सात खर्ब तीन अर्ब ९३ करोड रुपैयाँ पुगेको छ । 

Argakhachi Cement Island Ad

औद्योगिक, व्यापारिक, सेवा र सामाजिक, जनउपयोगी र वित्तीय गरी ४५ वटा सार्वजनिक संस्थान सञ्चालनमा छन् । जसमध्ये २० वटा पूर्ण सरकारी स्वामित्वका छन् । २५ वटामा अधिकांश सरकारको लगानी रहेको छ । 

कुल सञ्चालन आय ६ खर्ब ६० अर्ब १५ करोड पुगेको छ । ०७९/८० को तुलनामा ०.२३ प्रतिशतले घटेको छ । 

सञ्चालनमा रहेका सार्वजनिक संस्थानमध्ये २८ वटा नाफामा रहेको अर्थमन्त्री पौडेलले बताए । 

त्यस्तै, १५ वटा संस्थान घाटामा रहको उनले बताए । दुईवटा भने पूर्ण रूपमा बन्द अवस्थामा छन् ।

प्रकाशित मिति: बिहीबार, जेठ १५, २०८२  १४:११
प्रतिक्रिया दिनुहोस्