site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
हिन्दु राष्ट्र र राजतन्त्र पुनर्स्थापना नभएसम्म आन्दोलन रोकिँदैन : कमल थापा

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी, नेपालका अध्यक्ष कमल थापाले राजतन्त्र पुनर्स्थापना र हिन्दु राष्ट्रको स्थापना नभएसम्म राजावादीहरूको आन्दोलन नरोकिने बताएका छन् । काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

उनले पछिल्ला १८ वर्षको बीचमा देशले कहलीलाग्दो अवस्था भोग्नुपरेको उल्लेख गरे । अहिले देशमा केही सीमित राजनीतिक दलका नेताहरूले सिन्डिकेट खडा गरेर देशमा ब्रह्मलुट मच्चाएको आरोप लगाए ।

Argakhachi Cement Island Ad

केही सीमित नेताले राज्य सत्ता कब्जा गरेर सर्वसत्तावादी ढंगबाट देशमा शासन चलाइरहेको उनको भनाइ छ । सीमित नेताहरूले आपसमा भागबण्डा गरेर राज्य संयन्त्रमा कब्जा मात्रै नभइ भ्रष्टाचारमा चुर्लुम्म डुबेको बताए ।

"भोलिदेखि हाम्रो आन्दोलन सुरु हुँदै छ । कहिले अन्त्य हुन्छ भनेर हामीले भनेका छैनौँ । त्यतिबेला अन्त्य हुन्छ, जतिबेला नेपालमा हिन्दुराष्ट्र र राजसंस्था पुनर्स्थापित हुन्छ । यो १८ वर्षको बीचमा देशले कहलीलाग्दो अवस्था भोग्नुपर्‍यो । अहिले देशमा केही सीमित राजनीतिक दलका सीमित नेताहरूले सिन्डिकेट खडा गरेर देशमा व्रह्मलुट मच्चाएका छन्," उनले भने ।

अध्यक्ष थापाले न्याय दिनुपर्ने सरकारले नै नागरिक बेचिरहेको आरोप लगाए ।

 

प्रकाशित मिति: बुधबार, जेठ १४, २०८२  १६:०४
प्रतिक्रिया दिनुहोस्