राजनीति

काठमाडौं । प्रतिनिधिसभाको बैठक साढे ३ बजेका लागि सारिएको छ । सुरुमा आधा घण्टाका लागि सारिएको बैठक साढे ३ बजेसम्मका लागि सारिएको हो ।
बुधबार बिहान ११ बजेका लागि बोलाइएको बैठक दुई घण्टा ढिलो गरी बसेको थियो । तर, विपक्षी दलहरूले होहल्ला गरेपछि सभामुख देवराज घिमिरले बैठक आधा घण्टाका लागि सारेका थिए ।
सदन सञ्चालनका विषयमा दलहरूबीच अझै सहमति जुट्न सकेको छैन ।
प्रकाशित मिति: बुधबार, जेठ १४, २०८२ १५:१८
प्रतिक्रिया दिनुहोस्