देश

काठमाडौं । कास्कीमा एक घण्टाभित्र दुईवटा भूकम्पको धक्का महसुस गरिएको छ । आज पहिलो भूकम्प बिहान ११:५६ बजे कास्कीको फुलिबाङ आसपास ४.४ म्याग्निच्युडको भूकम्प मापन गरिएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।
केन्द्रका अनुसार, दोस्रो भूकम्पको धक्का १२:५० बजे अन्नपूर्ण दोस्रो आसपास केन्द्रविन्दु भएर ४.१ म्याग्निच्युडको भूकम्प मापन गरिएको छ ।
यसअघि, मंगलबार जाजरकोटको रामीडाँडामा ४.३ म्याग्निच्युडको भूकम्प मापन गरिएको थियो ।
प्रकाशित मिति: बुधबार, जेठ १४, २०८२ १३:४४
प्रतिक्रिया दिनुहोस्