site stats
बाह्रखरी :: Baahrakhari
कला
‘महाभोज’को विशेष प्रिभ्युमा कस्तो आयो प्रतिक्रिया ?

काठमाडौं । चलचित्र ‘महाभोज’ले विशेष प्रिभ्युमा सकारात्मक प्रतिक्रिया पाएको छ ।

बिहीबारदेखि प्रदर्शनमा आउने चलचित्र ‘महाभोज’ले मंगलबार राखेको प्रिभ्युमा सिनेमा हेर्नेहरूले सकारात्मक प्रतिक्रिया दिएको बताएको छ । 

Argakhachi Cement Island Ad

विशेष शोमा पत्रकार, चलचित्र युनिट र देशभरका सहकारी पीडितहरूबाट चयन गरिएका ६० जना प्रतिनिधिहरूको सहभागिता थियो ।

सहकारी पीडितहरूले चलचित्रले उनीहरूकै जीवनको यथार्थ कथा भनेको महसुस गरेको बताएका छन् । सिनेमाले आफूहरूलाई न्यायका लागि अझ सशक्त भएर लाग्न प्रेरित बनाएको सहकारीपीडितहरूले बताएका छन् । 

चलचित्र प्रदर्शनपछि उनीहरूले नाराबाजीसहित उत्साहित हुँदै भने, “राज्यले नसुनेको पीडितको आवाज महाभोजले पर्दाबाट बोलेको छ ।”

यसैबीच, देशभरका प्रमुख मल्टिप्लेक्स तथा सिंगल स्क्रिन हलहरूले ‘महाभोज’को अग्रिम बुकिङ खुला गरिसकेका छन् । करिब दुई सय शो सहित नेपालभर प्रदर्शन हुने तयारीमा रहेको निर्माणपक्षले जनाएको छ ।

चलचित्रमा दयाहाङ राई, आर्यन सिग्देल, खगेन्द्र लामिछाने, अञ्जना बराइली, मलिका महत, गौमाया गुरुङ, वसुन्धरा भुसाल र मोहन निरौला प्रमुख भूमिकामा छन् । 

चलचित्रलाई दिनेश राउतले निर्देशन गरेका छन् भने हिमाल कडरियाको लगानी रहेको छ । विकास सुवेदी सिनेमाको लेखक हुन् । 
 

प्रकाशित मिति: बुधबार, जेठ १४, २०८२  १२:४०
प्रतिक्रिया दिनुहोस्