देश

काठमाडौं । नवनियुक्त गभर्नर विश्वनाथ पौडेलविरुद्धको रिट सर्वोच्च अदालतका न्यायाधीश अब्दुल अजिज मुसलमानको इजलासमा परेको छ । बुधबार रिट इजलासको सातौँ नम्बरमा परेको छ ।
मंगलबार अधिवक्ता अनन्त लुइटेलसहितले रिट दर्ता गरेका थिए । रिटमा गभर्नर पौडेललाई ‘म्याच फिक्सिङ’ शैलीमा नियुक्ति दिएर सुशासनको धज्जी उडाएको दाबी गरिएको छ ।
राष्ट्र बैंक ऐनले तोकेको शैक्षिक विषयको अध्ययन नभएकाले उनको नियुक्ति बदर गर्नुपर्ने रिटकर्ताको दाबी छ ।
राष्ट्र बैंकजस्तो संवेदनशील निकायमा प्रक्रियाविपरीत नियुक्ति भएका र शैक्षिक योग्यतासमेत नमिलेका पौडेलको निरन्तरता हुन नहुने भन्दै रिटकर्ताले अन्तरिम आदेश माग गरेका छन् ।
प्रकाशित मिति: बुधबार, जेठ १४, २०८२ ११:१६
प्रतिक्रिया दिनुहोस्