site stats
बाह्रखरी :: Baahrakhari
देश
क्यानडा पठाइदिने भन्दै रकम लिएर सम्पर्कविहीन भएकी महिला पक्राउ
Argakhachi Cement Island Ad

काठमाडौं । वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी क्यानडा पठाइदिने भन्दै रकम ठगी गरेको आरोपमा प्रहरीले एक महिलालाई पक्राउ गरेको छ । काठमाडौंको टोखा नगरपालिकामा बस्दै आएकी खोटाङको वराहपोखरी गाउँपालिका–५ की ३४ वर्षीया सम्झना राईलाई सोमबार (जेठ १२) पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

सम्झनाले क्यानडा पठाइदिने भन्दै एक व्यक्तिबाट सात लाख रुपैयाँ लिई सम्पर्कविहीन भएको भन्ने प्रहरीमा उजुरी दिइएको थियो । सोही आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको टोलीले उनलाई पक्राउ गरेको हो । उनलाई काठमाडौं महानगरपालिका–१६ बाट पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

आवश्यक अनुसन्धान एवं कारबाहीका निम्ति उनलाई वैदेशिक रोजगार विभागमा पठाइएको छ । 

प्रकाशित मिति: मंगलबार, जेठ १३, २०८२  १७:०७
प्रतिक्रिया दिनुहोस्