खेल

सान इसिड्रो । महान् फुटबल खेलाडी डिएगो म्याराडोनाको मृत्युमा आरोपित सात अर्जेन्टिनी स्वास्थ्यकर्मीको मुद्दा सुरु भएको दुई महिनाभन्दा बढी समयपछि न्यायाधीशको निष्पक्षताबारे प्रश्न उठेपछि मुद्दा संकटमा परेको छ ।
मुद्दाको अध्यक्षता गर्ने तीन न्यायाधीशमध्ये एक जुलिएटा माकिन्टाचको सम्भावित निष्कासनले कारबाही रद्द गर्ने जोखिम बढेको छ ।
कोकिन र मदिराको लतसँग दशकौँसम्म संघर्ष गरेपछि रगत जमेका कारण मस्तिष्कको शल्यक्रियाबाट निको हुँदै घरमा रहँदा ६० वर्षको उमेरमा सन् २०२० नोभेम्बर २५ मा म्याराडोनाको मृत्यु भएको थियो । रासस/एएफपी
प्रकाशित मिति: मंगलबार, जेठ १३, २०८२ १६:४२
प्रतिक्रिया दिनुहोस्