देश

बाजुरा । जिल्लाको जगन्नाथ गाउँपालिकामा मंगलबार जीप दुर्घटना हुँदा तीनजनाको घटनास्थलमा नै मृत्यु भएको छ ।
दुर्घटनामा धनगढी उपमहानगरपालिका घर भइ हाल नेपाल टेलिकम बाजुराका कार्यालय प्रमुख ५५ वर्षीय लोकबहादुर खड्का, जीप चालक ४० वर्षीय करन महतरा र बडीमालिका नगरपालिका–७ निवासी २८ वर्षीय रवीन्द्र धामीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । दुर्घटनामा दुईजना घाइते भएका छन् । उनीहरूको आधारभूत अस्पताल कोल्टीमा उपचारका भइरहेको छ ।
नेपाल टेलिकमको टावरमा सोलार प्यानल जोड्न पिलुचौरबाट गएको जीप दुर्घटना भएको हो । रासस
प्रकाशित मिति: मंगलबार, जेठ १३, २०८२ १४:००
प्रतिक्रिया दिनुहोस्