-(1)-1748267667.jpg)
काठमाडौं । कजारियाले नेपालमा आफ्नो उपस्थिति अझ मजबुत बनाउँदै जीतपुर, बारामा अत्याधुनिक सोरूम उद्घाटन गरेको छ । हिमाल ट्रेडिङद्वारा सञ्चालित सोरूमले उच्च गुणस्तरका टायलहरूको बढ्दो मागलाई पूरा गर्ने लक्ष्य राखेको छ ।
बाराको महत्त्वपूर्ण क्षेत्र जीतपुरमा रहेको नयाँ सोरुमले ग्राहकहरूलाई सजिलो पहुँच र सुविधा सुनिश्चित गर्ने कम्पनीले विश्वास छ । यसको विस्तारसँगै, कजारिया उच्च गुणस्तर र डिजाइनका नयाँ मापदण्डहरू सेट गर्ने आफ्नो मिसनलाई निरन्तर अघि बढाउँदै नेपालका निर्माण सामग्रीको क्षेत्रमा आफ्नो नेतृत्वलाई बलियो बनाउँदै लाने बताइएको छ ।
प्रिमियम टाइल्सलाई नेपालभर सहजै उपलब्ध गराउने आफ्नो लक्ष्यलाई निरन्तरता दिँदै यो सोरुमको शुभारम्भ कजारियाको लागि महत्त्वपूर्ण उपलब्धि भएको बताइएको छ ।
कजारिया रामेश टाइल्स लिमिटेडले नेपालकै सबैभन्दा ठूलो टाइल उत्पादन प्लान्ट स्थापना गरेर नेपालको टायल उद्योगमा नयाँ कीर्तिमान स्थापित गरेको छ । विश्वस्तरीय मापदण्डअनुसार तयार गरी अत्याधुनिक प्रविधिद्वारा कजारिया रामेश टाइल्सले आधुनिक सजावटका बदलिँदो रुचिहरूलाई ध्यानमा राख्दै तीन हजारभन्दा बढी विशेष डिजाइन विकल्पहरू प्रस्तुत गरेको जानकारी दिइएको छ ।
नेपालभर ४० भन्दा बढी एक्सक्लुसिभ सोरूमहरू रहेको बताइएको छ । त्यस्तै, १०० भन्दा बढी भरपर्दो डिलरहरूको बढ्दो नेटवर्कको साथ, कजारिया प्रिमियम टाइल्सको क्षेत्रमा एक परिचित नाम बन्न सफल भएको पनि बताइएको छ ।