site stats
बाह्रखरी :: Baahrakhari
कला
‘जन्ते बाख्रो’को कमेडी ट्रेलरमा के छ ?

काठमाडौं । चलचित्र ‘जन्ते बाख्रो’को ट्रेलर सार्वजनिक भएको छ । काठमाडौंमा आज कार्यक्रम आयोजना गर्दै निर्माणपक्षले ट्रेलर सार्वजनिक गरेको हो । 

चलचित्रको प्रचारमा जुटेको निर्माणपक्षले कमेडी शैलीको ट्रेलर सार्वजनिक गरेको हो । ट्रेलरमा विवाहको तयारीमा रहेको एक युवकको जिन्दगीमा आएको उतारचढाव समावेश छ । 

Argakhachi Cement Island Ad

विवाहको तयारीमा रहेका आफ्नै साथीले कसरी छिर्के हान्छन् भन्ने कुरालाई निर्देशकले कमेडी शैलीमा देखाएका छन् । 

ट्रेलरमा चलचित्रका मुख्य कलाकार सौगात मल्ल, गरिमा शर्मा आशिफ शाह, लोकेन्द्र लेखकलगायत कलाकार अटाएका छन् । 

सिमोस सुनुवारको निर्देशनमा निर्माण भएको सिनेमामा सौगात,  गरिमा, आशिफ र लोकेन्द्रसँगै विशाल पहाडी, रमेश शाह, कमल देवकोटा, रुषा न्यौपाने, रमा थपलिया, कुसुम शर्मालगायत कलाकारको अभिनय छ ।

चलचित्र जेठ २३ गतेबाट रिलिज हुनेछ ।
 

प्रकाशित मिति: सोमबार, जेठ १२, २०८२  १५:२१
प्रतिक्रिया दिनुहोस्