राजनीति

काठमाडौं । नेपाल खानेपानी संस्थानको अध्यक्षमा डा. ढुण्डीराज भट्टराई नियुक्त भएका छन् ।
डा. भट्टराईलाई नेपाल खानेपानी संस्थान ऐन, २०४६ (संशोधनसहित)को दफा ८ को उपदफा ८/१/१ बमोजिम नेपाल खानेपानी संस्थान सञ्चालक समितिको अध्यक्ष पदमा सोही ऐनको दफा ११/१ बमोजिम तीन वर्षका लागि नेपाल सरकारको मन्त्रीस्तरीय निर्णयानुसार नियुक्त गरिएको खानेपानी मन्त्रालयका सचिव इन्जिनियर प्रमिलादेवी शाक्य बज्राचार्यले बताइन् ।
अध्यक्ष नियुक्त भएका डा. भट्टराई अर्घाखाँची भूमिकास्थान नगरपालिका–९ का स्थायीवासी हुन् ।रासस
प्रकाशित मिति: सोमबार, जेठ १२, २०८२ १५:१६
प्रतिक्रिया दिनुहोस्