site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
‘शरणार्थी काण्ड’ले निहुरिएको नेपालको शिर ‘भिजिट भिसा’ले थप निहुर्‍यायो : रिजाल

काठमाडौं । नेकपा एमालेका नेता विष्णु रिजालले ‘शरणार्थी काण्ड’ले निहुरिएको नेपालको शिर ‘भिजिट भिसा’ले थप निहुरिएको बताएका छन् । 

गृहमन्त्री रमेश लेखकप्रति लक्षित गर्दै उनले सामाजिक सञ्जाल एक्समा लेखेका छन्, “एकजना होनाहार गृहमन्त्री भएको बेला भुटानी शरणार्थी काण्डबाट निहुरिएको नेपालको शीर अर्का होनाहार गृहमन्त्री भएका बेला भएको ‘भिजिट भिसा’ काण्डले थप निहुराएको छ ।”

Argakhachi Cement Island Ad

जुन देशको गृह मन्त्रालयकै उच्च नेतृत्वको योजना र संलग्नतामा मानव तस्करी हुन्छ, त्यस देशको हालत र अन्तर्राष्ट्रिय छवि कस्तो हुन्छ होला ? भन्दै उनले प्रश्न गरेका छन् ।  

“बेरोजगार नागरिक बेचेर पैसा असुल्नेहरूले कानुनका छिद्र समातेर सरकारी अदालतबाट उन्मुक्ति त मिलाइहाल्लान्, तर नागरिकको अदालतमा तिनीहरू सदासर्वदा अपराधीकै रूपमा अभिलिखित हुनेछन्,” रिजालले भनेका छन् ।
 

प्रकाशित मिति: सोमबार, जेठ १२, २०८२  ११:५१
प्रतिक्रिया दिनुहोस्