देश

काठमाडौं । काठमाडौंको कोटेश्वरस्थित जडीबुटी उत्पादन तथा प्रशोधन कम्पनी लिमिटेडमा गरिएको आगजनीविरुद्ध ११ करोड १५ लाख ९९ हजार रुपैयाँ बिगो कायम गरी क्षतिपूर्ति दाबीसहित मुद्दा दायर गरिएको छ । गएको चैत १५ गते तीनकुनेमा आयोजित राजावादीको प्रदर्शनक्रममा उक्त कम्पनीमा आगजनी गरिएको थियो ।
जिल्ला सरकारी वकिल कार्यालयले आइतबार (जेठ ११) राजावादी आन्दोलनका ६२ जनाविरुद्ध काठमाडौं जिल्ला अदालतमा अभियोगपत्र दायर गरेको छ । त्यसमा उक्त घटनामा मात्र झन्डै ११ करोड १६ लाख क्षतिपूर्ति दाबी लिइएको हो ।
कम्पनी परिसरभित्र राखिएका सवारीसाधनमा गरिएको आगजनीमा थप क्षतिपूर्ति दाबी गरिएको छ ।
प्रकाशित मिति: आइतबार, जेठ ११, २०८२ १९:४८
प्रतिक्रिया दिनुहोस्