site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
तीनकुने हिंसा : राप्रपाका मिश्र र राणाविरुद्ध समान चार कसुरमा मुद्दा

काठमाडौं । काठमाडौंको तीनकुनेमा चैत १५ गते भएको राजावादीको हिंसात्मक प्रदर्शनमा राप्रपाका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र र महामन्त्री तथा सांसद धवलशमशेर राणाविरुद्ध चार कसुरमा मुद्दा दायर भएको छ । उनीहरू दुवैविरुद्ध समान कसुरमा अभियोजन भएको हो ।
 
सरकारी वकिल कार्यालय काठमाडौंले काठमाडौं जिल्ला अदालतमा दायर गरेको अभियोगपत्रमा दुवैजना विरुद्ध राज्यविरुद्धको कसुर, आपराधिक उपद्रव, संगठित अपराध र एकीकृत कसुरमा मुद्दा दायर गरेको छ । 

काठमाडौं जिल्ला प्रहरीले गरेको अनुसन्धान प्रतिवेदनका आधारमा जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले उनीहरूसहित ६२ जना विरुद्ध आइतबार मुद्दा दायर गरेको हो ।
 
गत चैत १५ राजावादीहरूले तीनकुनेमा प्रदर्शन गरेका थिए । नवराज सुवेदी नेतृत्वको संयुक्त जनआन्दोलन परिचालन समितिको आह्वानमा भएको प्रदर्शनको कमान्डर विवादास्पद मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई तोकिएको थियो । 

Argakhachi Cement Island Ad

प्रदर्शन हिंसात्मक बन्दा एभिन्युज टेलिभिजनमा कार्यरत पत्रकार सुरेश रजकको राजावादी समूहले लगाएको आगोमा जलेर ज्यान गएको थियो भने प्रहरीको गोलीबाट सविन महर्जनको मृत्यु भएको थियो ।

 

प्रकाशित मिति: आइतबार, जेठ ११, २०८२  १८:३६
प्रतिक्रिया दिनुहोस्