देश

काठमाडौं । राष्ट्रिय महिला आयोगले गत चैत १५ गते भएको राजावादी आन्दोलनका क्रममा तोडफोड भएको गाडीको क्षतिपूर्ति माग गरेको छ ।
आयोगका सचिवले प्रयोग गरेको बीएए ६०३१ नंको टाटा नेक्सन गाडी उनी मनोहरा करिडोर हुँदै घर जाने क्रममा आन्दोलनकारीले तोडफोड गरेका थिए ।
आयोगका सचिवलाई जबर्जस्ती गाडीबाट ओरालेर चालकलाई समेत हातपात गरिएको निवेदनमा उल्लेख छ । गाडीमा ढुंगा प्रहार गरी पेट्रोल छर्किएर आगो लगाएर गाडीलाई ध्वस्त पारिएको थियो ।
महिला आयोगले गाडी खरिद गरेको ४७ लाख ७५ हजारको बिलसहित क्षतिपूर्ति माग गरेको हो ।
प्रकाशित मिति: आइतबार, जेठ ११, २०८२ १९:३७
प्रतिक्रिया दिनुहोस्