site stats
बाह्रखरी :: Baahrakhari
खेल
राष्ट्रिय यू–२० महिला टिमको मुख्य प्रशिक्षकमा यम गुरुङ नियुक्त

काठमाडौं । नेपाली राष्ट्रिय यू–२० महिला टिमको मुख्य प्रशिक्षकमा यमप्रसाद गुरुङ नियुक्त भएका छन् । 

आइतबार अखिल नेपाल फुटबल संघ (एन्फा)ले बंगलादेशमा आयोजना हुने साफ यू–२० महिला च्याम्पियनसिपको निम्ति गुरुङलाई राष्ट्रिय टिमको मुख्य प्रशिक्षक नियुक्त गरेको हो । 

Argakhachi Cement Island Ad

आइतबार नै सातदोबाटोस्थित एन्फा मुख्यालयमा संघका महासचिव किरण राईले प्रमुख प्रशिक्षक गुरुङसहित अफिसियलहरूलाई नियुक्तिपत्र वितरण गरेका थिए । 
 
एन्फाले प्रशिक्षक अधिकारीसँगै सहायक प्रशिक्षकमा सन्देशकुमार श्रेष्ठ र किरणकुमार कार्कीलाई नियुक्त गरेको छ । त्यसैगरी, मीनबहादुर बस्नेतलाई गोलकिपर कोच र टिम व्यवस्थापकमा इन्दु दुवाललाई नियुक्त गरिएको छ । 

बंगलादेशमा आगामी जुलाई ११ देखि २१ सम्म साफ यू–२० च्याम्पियनसिप आयोजना हुनेछ । यही प्रतियोगितामा नेपालले पनि सहभागीता जनाउन लागेको हो ।

प्रकाशित मिति: आइतबार, जेठ ११, २०८२  १७:४०
प्रतिक्रिया दिनुहोस्