site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
दायित्वबाट सर्जकहरू सम्मानित

काठमाडौं । दायित्व वाङ्मय प्रतिष्ठान, नेपालले एक कार्यक्रमबीच विभिन्न साहित्यकार तथा सर्जकहरूलाई सम्मानित एवम् पुरस्कृत गरेको छ ।

शनिबार काठमाडौंमा आयोजित कार्यक्रममा प्रमुख अतिथि पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठले ‘दायित्व वाङ्मय विशिष्ट सम्मान’ कवि रमेश खकुरेल र समालोचक प्रा. डा. गार्गी शर्मालाई प्रदान गरे । 

Argakhachi Cement Island Ad

त्यस्तै, प्रमुख अतिथि श्रेष्ठले ‘दायित्व वाङ्मय सम्मान’ साहित्यकारहरू मधुसूदनप्रसाद घिमिरे र जीवनपानीलाई प्रदान गरे । 

दायित्व प्रतिष्ठानको २६औँ वार्षिकोत्सवका अवसरमा श्रेष्ठले ‘दायित्व मुरलीदेवी–गुरुदत्त स्मृति पुरस्कार’ नगद राशि २० हजारसहित साहित्यकार हरि मञ्जुश्रीलाई, ‘दायित्व सीता पन्त स्रष्टा पुरस्कार’ नगद राशि १५ हजारसहित रीता न्यौपाने पहारीलाई र ‘हरिकला–गुणाकर दायित्व रचना पुरस्कार’ नगद राशि १५ हजारसहित सरिता अर्याललाई प्रदान गरे ।

उक्त अवसरमा प्रमुख अतिथि श्रेष्ठले रामप्रसाद पन्तको संस्मरण संग्रह ‘उत्कृष्ट सत्ताइस स्रष्टा’ पनि लोकार्पण गरे । कार्यक्रममा प्रमुख अतिथि श्रेष्ठले साहित्यकार र पाठकबीच अन्योन्याश्रित सम्बन्ध रहेको बताए । 

प्रकाशित मिति: आइतबार, जेठ ११, २०८२  १३:२९
प्रतिक्रिया दिनुहोस्