site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
सुमनको कविताकृति ‘अभ्युदय’ सार्वजनिक

काठमाडौं । कवि तथा साहित्यकार सुमन थापा ‘सङ्गम’को नयाँ कविताकृति ‘अभ्युदय’ एक कार्यक्रमबीच सार्वजनिक भएको छ । यसअघि उनको ‘माइतीघरको फूल’ र ‘प्रेमको आदिम गीत’ (संयुक्त कविताकृति) प्रकाशित छ ।

शुक्रबार काठमाडौंमा आयोजित कार्यक्रममा कविका पिता विष्णुवीर थापा, कवि सुमन, सुमनकी छोरीहरू र नातिनीहरू गरेर चार पुस्ताले एकसाथ कृति सार्वजनिक गरे ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

सुमनले एकल रूपमा लेखिएको यो कविताकृति आफ्नो दोस्रो पुस्तक भएको बताउँदै अग्रज तथा समकालीन मित्रहरूको प्रेरणाले आफू लेखनमा सक्रिय रहेको उल्लेख गरिन् ।

डा. शेखरकुमार श्रेष्ठले सुमनको यस कृतिभित्र माया, प्रेम, देशभक्ति, जीवन जगतमाथि लेखिएको कविता रहेको उल्लेख गरे ।  

कार्यक्रममा कवि थापासँगै प्रोल्लास सिन्धुलीय, श्रीबाबु कार्की लगायतले कृतिभित्रबाट कविता वाचन गरेका थिए ।

 

प्रकाशित मिति: शुक्रबार, जेठ ९, २०८२  २१:३१
प्रतिक्रिया दिनुहोस्