site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
सुमना श्रेष्ठको आग्रह– पार्टीका साहु–महाजन जोगाउन पीडितमाथि राजनीति नगरौँ

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सांसद सुमना श्रेष्ठले मिटरव्याजपीडितको समस्या राज्यले गिजोलिरहेको आरोप लगाएकी छन् । 

मंगलबार बसेको प्रतिनिधिसभाको बैठकमा उनले आयोगमाथि आयोग थपिएको बताइन् । उनले पीडितले भेट्न जाँदा सिंहदरबारमा ‘नो इन्ट्री’ भनिएको टिप्पणी गरिन् । 

“आफ्नो पार्टीको साहु तथा महाजन जोगाउन पीडितमाथि राजनीति नगरौँ । मिटरव्याजमा गृहमन्त्री, मन्त्री, सांसद, नेताको भाग छ भन्ने शंका हुने गरी काम नगरौँ,” उनले भनिन्, “ मिटरव्याजपीडितलाई न्याय चाहियो ।”
 

प्रकाशित मिति: मंगलबार, जेठ ६, २०८२  ११:४५
प्रतिक्रिया दिनुहोस्