site stats
बाह्रखरी :: Baahrakhari
कला
‘कर्णालीमा सिस्नुपानी नेपाल’को हास्यव्यंगात्मक कार्यक्रम

काठमाडौं । सिस्नुपानी नेपालले मोफसलमा हास्यव्यंगात्मक कार्यक्रम आयोजना गर्ने भएको छ । कर्णालीका ६ जिल्लामा सिस्नुपानी नेपालले भ्रष्टाचारविरुद्ध चेतनामूलक कार्यक्रम ‘कर्णालीमा सिस्नुपानी नेपाल’ गर्न लागेको हो । 

जेठ ७ देखि १५ गतेसम्म सिस्नुपानी नेपाल र ट्रान्सपरेन्सी इन्टरनेसनलको संयुक्त प्रयासमा कार्यक्रम हुने भएको हो । 

रुकुम पश्चिममा जेठ ७ गते, जाजरकोटमा जेठ ८, दैलेखमा जेठ ९, कालीकोटमा जेठ ११, जुम्लामा जेठ १३ र मुगुमा जेठ १५ गते कार्यक्रम हुनेछ । 

लक्ष्मण गाम्नागे, अर्जुन पराजुली, धीरेन्द्र पे्रमर्षि, चक्र दवाडी, शिशिर योगी, सुवोध गौतमलगायतको प्रस्तुति रहने सिस्नुपानी नेपालले जनाएको छ । 

स्थानीय नगरपालिका, जिल्ला प्रशासन र स्थानीय साहित्यिक संघसंस्थाको पनि सहयोग रहने  सिस्नुपानी नेपालले जनाएको छ । 

सामाजिक विसंगति र विकृतिहरूलाई सिस्नुपानी नेपालले व्यंग्यमार्फत उजागर गर्दै आएको छ । 
 

प्रकाशित मिति: सोमबार, जेठ ५, २०८२  १४:४३
प्रतिक्रिया दिनुहोस्