देश

काठमाडौं । स्रोत नखुलेको २० लाख २९ हजार रुपैयाँ नगद रकमसहित एकजना पक्राउ परेका छन् ।
प्रहरी वृत्त जनसेवाको टोलीले विशेष सूचनाका आधारमा न्युरोडको जुद्ध सालिकबाट सिन्धुपाल्चोक बाह्रबीसेका २४ वर्षीय सञ्जय बस्नेतलाई पक्राउ गरेको हो ।
उनको साथबाट उक्त परिमाणको रकमसहित मोबाइल, विभिन्न बैंकका हस्ताक्षर गरिएका र नगरिएका ३०÷३० थान चेकसमेत बरामद गरिएको छ ।
उनीमाथि थप अनुसन्धान भइरहेको परिसरका एसपी अपिलराज बोहराले जानकारी दिए ।
प्रकाशित मिति: आइतबार, जेठ ४, २०८२ १८:१९
प्रतिक्रिया दिनुहोस्