site stats
बाह्रखरी :: Baahrakhari
देश
ब्रिटिस कलेजको म्यानेजमेन्टमा पोखरामा ‘ए–लेभल’ सुरु, विशेष छात्रवृत्ति घोषणा

पोखरा । कसमस इन्टरनेसनल कलेज (सीआईसी) पोखराले क्याम्ब्रिज ए–लेभल कार्यक्रम पुनः सञ्चालनमा ल्याएको छ । यो शैक्षिक कार्यक्रम द ब्रिटिस कलेज (टीबीसी) काठमाडौंको म्यानेजमेन्टमा पुनः सुरु भएको हो ।

सन् २००६ मा स्थापना भएको कसमस कलेजलाई नयाँ आयाम दिँदै ब्रिटिस कलेजले गुणस्तरीय शिक्षा प्रदान गर्ने लक्ष्यसहित लेखनाथ– ३० सिसुवामा ए–लेभल सुरु गरेको हो । 

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

यससँगै कसमस इन्टरनेसनल कलेज अब ब्रिटिस एजुकेसन ग्रुपमा आधिकारिक रूपमा समावेश भएको छ, जसले नेपालभर गुणस्तरीय शिक्षा विस्तार गर्दै आएको छ ।

कार्यक्रमका प्रमुख अतिथि ब्रिटिस ग्रामर स्कुलका भाइस प्रेसिडेन्ट पाउल क्लिभ्स र द ब्रिटिस कलेजका कार्यकारी निर्देशक महेन्द्रराज कँडेलले संयुक्त रूपमा पानसमा दीप प्रज्वलन गरी कार्यक्रमको औपचारिक सुरुवात गरेका हुन् । 

गुणस्तरीय शिक्षा राष्ट्रको विकासको आधार भएको भन्दै कँडेलले कसमस इन्टरनेसनल कलेजको पुनः सुरुवातले हजारौँ युवाहरूको भविष्य निर्माणमा टेवा पुग्ने बताए ।

ए–लेभल कार्यक्रम सुरु भएसँगै कलेजले विशेष छात्रवृत्ति योजनाको घोषणा पनि गरेको छ । योजनाअनुसार प्रारम्भिक चरणमा भर्ना हुने विद्यार्थीहरूलाई ५० प्रतिशतसम्म ट्युसन फी छुट, सुरुका २० जना विद्यार्थीलाई निःशुल्क भर्ना, राष्ट्रिय स्तरका खेलाडी तथा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीहरूलाई अतिरिक्त छात्रवृत्ति, साथै उपत्यकाका प्रमुख स्थानहरूबाट निःशुल्क यातायात सुविधा उपलब्ध गराइनेछ ।

हाल कलेजमा भर्ना प्रक्रिया सुरु भइसकेको छ । छात्रवृत्तिका लागि इच्छुक विद्यार्थीहरूले १० जुन २०२५ भित्र भर्ना प्रक्रिया पूरा गर्नुपर्नेछ ।

टीबीसीको म्यानेजमेन्टमा कार्यक्रम पुनः सञ्चालन भएसँगै कलेजले विद्यार्थीकेन्द्रित वातावरण, व्यावहारिक सिकाइ र अन्तर्राष्ट्रियस्तरको शिक्षा प्रदान गर्ने प्रतिबद्धता जनाएको छ । 

प्रकाशित मिति: आइतबार, जेठ ४, २०८२  १५:०४
प्रतिक्रिया दिनुहोस्