site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
ओली भन्छन्– सुशासन र विकासलाई तीव्रता दिन एमालेको बहुमतको सरकार आवश्यक

काठमाडौं । प्रधानमन्त्री एवं नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले सुशासन र विकासलाई तीव्रता दिन आफ्नो पार्टीको बहुमतको एकल सरकार आवश्यक रहेको बताएका छन् ।

शनिबार (जेठ ३) पार्टी कार्यालय च्यासलमा राष्ट्रिय युवा संघद्वारा आयोजित कार्यक्रममा उनले मुलुक बनाउने एक मात्र पार्टी एमाले भएको जिकिर गरे । देश विकासका साथै सुशासन कायम गर्न एमालेको बहुमतको सरकार आवश्यक रहेकामा उनले जोड दिए । एमालेले यसअघि सरकार छाडेको तीन वर्षमा देश निकै ओरालो लागेको उनको भनाइ थियो ।

उनले साना स्वार्थ लिएकाहरूले एमालेविरुद्ध भ्रम फिँजाएको आरोप लगाए । त्यस्तो भ्रममा नपर्न उनले आग्रह गरे । एमालेलाई आउँदो निर्वाचनमा बहुमत दिलाउन युवाले साथ दिनुपर्ने उनले बताए ।

प्रधानमन्त्री ओलीले स्वदेशमा व्यवसाय गर्ने युवालाई सरकारका तर्फबाट आवश्यक सहयोग हुने उल्लेख गरे ।

कार्यक्रममा चकित्सक, इन्जिनियरलगायत युवा एमालेमा प्रवेश गरेका थिए । स्वदेशमै केही गर्न सकिन्छ भन्ने सोचका साथ व्यवसाय सुरु गरेका युवा व्यवसायीलाई सम्मान समेत गरिएको थियो । हिमालयन टेली भ्वाइस

प्रकाशित मिति: शनिबार, जेठ ३, २०८२  १६:५४
प्रतिक्रिया दिनुहोस्