site stats
बाह्रखरी :: Baahrakhari
देश
आगलागीपीडितलाई चन्द्रागिरि नगरपालिकाको सहयोग

काठमाडौं । चन्द्रागिरि नगरपालिकाले ‘आरआर कम्प्लेक्स’का आगलागीपीडितलाई २५ हजार सहयोग गर्ने भएको छ ।

चन्द्रागिरि–११ सतुंगलस्थित ‘आरआर कम्प्लेक्स’मा सञ्चालित ‘बुटिक’को सटरमा बिहीबार बिहान आगलागी हुँदा ६ करोड ८१ लाख रुपैयाँ बराबार क्षति भएको थियो । 

नगरकार्यपालिकाको आकस्मिक बैठकले आगलागीपीडित व्यवसायी र घरधनीलाई तत्काल २५ हजार सहयोग गर्ने निर्णय गरेको नगरप्रमुख घनश्याम गिरीले जानकारी दिए । 

“आगलागीबाट भएको क्षतिको आँकलन सम्बन्धित पक्षबाट संकलन गर्ने काम जारी छ,” उनले भने, “क्षतिको विवरण आएपछि  केकति सहयोग गर्न सकिन्छ छलफल गर्नेछौँ ।”

व्यवसायी र घरधनी राजकुमारसिंह महर्जनले १० करोडभन्दा बढीको क्षति भएको बताएका छन् । आगलागी नियन्त्रणमा लिन करिब तीन घण्टा लागेको थियो । 

चन्द्रागिरि नगरपालिकाले सूचना जारी गरी गर्मी तथा सुक्खा मौसमका कारण आगलागीका घटना हुने जनाउँदै सावधानी अपनाउन नगरवासीलाई आग्रह गरेको छ । 

प्रकाशित मिति: शनिबार, जेठ ३, २०८२  ११:२०
प्रतिक्रिया दिनुहोस्