site stats
बाह्रखरी :: Baahrakhari
खेल
बार्सिलोना २८औँपटक ला लिगा च्याम्पियन

काठमाडौं । क्याटालन क्लब बार्सिलोनाले २८औँपटक स्पेनिस ला लिगाको उपाधि जितेको छ । बिहीबार राति ‘सहरिया प्रतिद्वन्द्वी’ स्पान्योलविरुद्ध २–० को जित निकालेसँगै बार्सिलोना दुई खेलअगावै ला लिगा च्याम्पियन बनेको हो ।

यो जितसँगै बार्सिलोनाले दोस्रो स्थानको रियाल मड्रिडसँग सात अंकको अग्रता बनाएको छ । रियालविरुद्ध यसअघिको खेलमा ४–३ को जित निकालेसँगै बार्सिलोना उपाधि होडमा बलियो बनेको थियो ।

बिहीबारको खेलमा बार्सिलोनालाई जित दिलाउन लामिन यमल र फेर्मिन लोपेजले गोल गरे । बार्सिलोनाले दुवै गोल दोस्रो हाफमा गरेको हो । यमलले ५३औँ मिनेटमा गोल गर्दै बार्सिलोनालाई अग्रतामा राखेका थिए । इन्ज्युरी समयमा लोपेजले अर्को गोल थपे ।

खेलको ८०औँ मिनेटमा लियान्ड्रो काब्रेराले रातो कार्डको दर्शन गर्दै मैदान छाडेपछि स्पान्योल १० खेलाडीमा समेटिएको थियो ।

जितसँगै बार्सिलोनाले ३६ खेलबाट ८५ अंक जोडेको छ । त्यो ला लिगाको अन्तिम दुई खेल बाँकी हुँदा दोस्रो स्थानको रियालभन्दा दुई अंक धेरै हो । समान खेलबाट रियालको ७८ अंक छ । 

३६ खेलबाट ३९ अंक जोडेको स्पान्योल भने तालिकाको १६औँ स्थानमा छ ।

प्रकाशित मिति: शुक्रबार, जेठ २, २०८२  ०९:४०
प्रतिक्रिया दिनुहोस्