site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
यो अस्थिर देशमा कसैले पाँच वर्ष सरकार चलाउन सकेन : प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल अस्थिर देश भएको बताएका छन् । बिहीबार काठमाडौंमा पूर्वयोजनाकार मञ्च नेपालको कार्यक्रममा ओलीले अहिलेसम्म पाँच वर्षको कार्यकाल कसैले पनि पूरा गर्न नसकेको बताए ।

"पाँच वर्ष कहिल्यै कसैले नपुर्‍याएको देश हो, यो । पाँच वर्षका लागि काम गर्दै जाँदा कहीँ सकेन पछार्न भने अदालतमा लगेर पछार्छ । त्यहाँ लगेपछि त जवाफ नै दिन नपाउने, नो एन्सर । अब तँलाई पछार्ने भनेपछि हवस् हजुर," ओलीले भने ।

उनले अगाडि थपे, "यो अस्थिर देशमा कतिवटा प्लानिङ कमिसन भए होलान् । कहाँबाट इन्स्टेबिलिटी सिर्जना गरिन्छ, को हो इन्स्टेबिलिटी सिर्जना गर्ने ? को छ पछाडि ? देख्न बुझ्न गाह्रो । देख्यो, बुझ्यो भने भन्न गाह्रो । झन ठूलो विपद् आइपर्ला भन्ने डर ।"

प्रधानमन्त्री ओलीले स्थिर सरकार भएमात्रै योजनाबद्धरूपमा विकास गर्न सकिने बताए ।

प्रकाशित मिति: बिहीबार, जेठ १, २०८२  १४:१६
प्रतिक्रिया दिनुहोस्