site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
अमरेश सिंहको प्रश्न– नीलम ढुंगानालाई महिला भएकाले गभर्नर बनाउन नमिलेको हो ?
फाइल तस्बिर ।

काठमाडौं । स्वतन्त्र सांसद अमरेश सिंहले डेपुटी गभर्नर नीलम ढुंगानालाई महिला भएकाले गभर्नर बनाउन नमिलेको हो भनेर प्रश्न गरेका छन् । आज प्रतिनिधिसभा बैठकमा उनले पार्टी कार्यकर्ताकै भर्ना गर्नुपर्ने हो भनेर सोधे । 

“डेपुटी गभर्नरलाई गभर्नर बनाउँदा के फरक पर्छ ? महिला भएको कारणले बनाउन मिल्दैन ? के राष्ट्र बैंकको कर्मचारी भएकाले बनाउन मिल्दैन,” उनले भने ।

उनले सरकारलाई ऐन उल्लंघनको छुट नभएको बताए । उनले महाप्रसाद अधिकारी अवकाश हुनुअघि एक महिना पहिले गभर्नर किन नियुक्त नभएको भनी सोधे ।

प्रकाशित मिति: बिहीबार, जेठ १, २०८२  १२:०१
प्रतिक्रिया दिनुहोस्